देवाचन बुद्धिस्ट सेन्टरद्वारा लामा पाल्देनको बिदाई

देवाचन बुद्धिस्ट सेन्टर हाउन्स्लोले गत शनिवार साँझ अर्थात २४ सेप्टेम्बर २०१६ मा हाउन्स्लो स्थित मामा रेस्टुराँमा एक भब्य रात्री भोजको आयोजना गरी लामा गुरु पाल्देन योन्जन तामांगको बिदाई गरेको छ | उक्त बिदाई कार्यक्रममा करीब ६० जनाको सहभागिता रहेको थियो | सहभागी सदस्यहरुमा आफ्नै सेन्टरका कार्यकारी सदस्यहरु तथा ट्रस्टीहरु, सेन्टर अन्तर्गत अस्तित्वमा रहेको आमा समुहका सदस्यहरु, देवाचन बुद्धिस्ट सेन्टरका सल्लाहकार द्वय श्री चित्र बहादुर गुरुङ र शिब सरन गुरुङ, हाउन्स्लो बोरो अफ लन्डनका नगर प्रमुख Mayor Mrs. Ajmer Grewal र वहाँकी श्रीमान, उक्त बोरो कै (सूचना अधिकृत) Information Officer Ms. Bessy White, काउन्सिलरहरु Mr. Khalid Mallik र Bishnu Gurung, हाउन्स्लो तथा हिथ्रो क्षेत्रका बिभिन्न आस्था तथा धर्मलाई समेट्ने एउटा Friends of Fainth भन्ने संस्थाका अध्यक्ष Mrs. Charanjit Ajit Singh र वहांकी श्रीमान र अन्य सदस्यहरु थिए |

लामा पाल्देन सान्दो पालाहरी बौद्ध बिद्यालय, पोखरा, गुम्बाको प्रमुख लामा हुनुहुन्छ | वहाँ गत १४ मे २०१६ मा नेपाल स्थित् घान्द्रुक र हाल बेलायत स्थित टन ब्रिजमा बसोबास गर्दै आउनु भएको श्री ईमान गुरुङ र वहाँको परिवारको निमंत्रना तथा अन्य आर्थिक, भौतिक सहयोगमा केन्ट निवासी श्री धन बहादुर गुरुङ र वहाको धर्मपत्नी श्रीमति प्रतिमा गुरुङको स्पोंसोरशीपमा (Sponsorship) छ महिने भिजिट भिसामा यू. के. मा आउनु भएको थियो | वहाँ देवाचन बुद्धिस्ट सेन्टर, हाउन्स्लोको प्रमुख लामा रिन्छेन दोर्जे लिँपाको पनि गुरु लामा हुनु भएको नाताले देवाचन बुद्धिस्ट सेन्टर द्वारा गत २१ मे २०१६ मा आयोजित २५६० औँ बुद्ध जयन्ती कार्यक्रममा निमंत्रना गर्दा सो को स्वीकार गर्नु भई उक्त कार्यक्रमको पूजामा प्रमुख लामाको हैसियतले सरिक हुनु भयो र त्यसको साथै यस सेन्टरद्वारा संचालित विभिन्न कार्यक्रमहरु जस्तै आमा समुहलाई न्यूनी ब्रत, गत ५ जुन २०१६ मा Friends of Faith भन्ने संस्थाद्वारा आयोजित Walk of Peace and Friendship भन्ने कार्यक्रममा पनि देवाचन बुद्धिस्ट सेन्टरको प्रतिनिधित्व गर्दै स्वागत कार्यक्रममा सरिक हुनु भयो | त्यस्तै गरी वहाँले देवाचन बुद्धिस्ट सेन्टरको कामहरुबाट प्रभावित भई यस सेन्टरको नीति नियम तथा बिधि बिधानको पालना गर्दै आजीवन सदस्यता समेत लिनु भएको छ |

लामा पाल्देनले बुद्ध धर्मलाई अतिनै सरल र सहज तरिकाले ज्ञान दिने कामबाट प्रभावित हुँदै बिभिन्न संघ संस्था तथा व्यक्तित्वहरुबाट मायाको चिनु (Token of Love and Appreciation) स्वरूप प्रशंसा पत्रहरु प्रदान गरेका थिए जसमा देवाचन बुद्धिस्ट सेन्टरबाट प्रशंसा पत्र, देवाचन बुद्धिस्ट सेन्टर आमा समूहबाट सुनको औंठी उपहार, Friends of Faith को अध्यक्ष श्रीमति Charanjit Ajit Singh बाट प्रशंसा पत्र, माननीय एम पी (MP) द्वय Ruth Cadbury र Seema Malhotra ले व्यस्तताको कारण उपस्थित हुन असमर्थ भएकोमा Councillor Mr. Khalid Mallik मार्फत क्षमा याचना गर्दै प्रशंसा पत्र, हाउन्स्लो बोरो अफ लन्डनका नगर प्रमुख (Mayor) Mrs. Ajmer Grewal र वहांको श्रीमानबाट प्रशंसा पत्र प्रदान गरेका थिए |

अनौपचारिक रुपमै भएपनि कार्यक्रमलाई यस सेन्टरका महासचिब श्रीमति लक्ष्मी गुरुङले संचालन गरेका थिए भने संस्थाका अध्यक्ष ट्रस्टी श्री मे. एम बी ए उदय बहादुर गुरुङ, Friends of Faith का अध्यक्ष श्रीमति Charanjit Ajit Singh, Councillor Mr. Khalid Mallik, Mayor Mrs Ajmer Grewal, आमा समूहको अध्यक्ष श्रीमति हस्तमाया गुरुङ र लामा गुरु पाल्देन योन्जन तामांग आफैं सबैले छोटोमा धन्यबाद मन्तब्य राखेका थिए र अंग्रेजी र नेपाली बुझ्ने दुइ थरिको सहभागीहरु भएकोले संस्थाका अध्यक्ष श्री उदय बहादुर गुरुङले आफैले नेपाली र अंग्रेजी गरी दुई वटै भाषामा मन्तब्य राखेका थियो भने प्रमुख अतिथी श्री पाल्देन लामाको मन्तब्यलाई महासचिब लक्ष्मी गुरुङले अंग्रेजीमा अनुबाद गरेर ब्यक्त गरेका थिए |

नारायण सिंह गुरुङ

बार्षिक अन्तर आस्था/धर्म शान्ति तथा मैत्रीपूर्ण पदयात्रा

गत ५ जुन २०१६ मा हाउन्स्लो क्षेत्रमा रहेको बिभिन्न धार्मिक आस्था भएको संघ संस्थाहरुलाई समेट्दै हाउन्स्लो फ्रेन्ड्स अफ फेथ (Hounslow Friends of Faith) नामक संस्थाले एक Annual Inter Faith Walk of Peace and Friendship नामक कार्यक्रमको आयोजना गरेको थियो | देवाचन बुद्धिस्ट सेन्टर समेत संलग्न रहेको उक्त टोलीले हाउन्स्लो तथा हिद्रो क्षेत्रमा रहेको बिभिन्न धार्मिक संस्थाहरु जस्तै Jamia Masjid, St. Mary तथा Pope Kyrillos VI Coptic Church, Jalaram Jupadi Hindu Temple र आफ्नै देवाचन बुद्धिस्ट सेन्टरको पनि अवलोकन गर्यो

यस शान्ति तथा मैत्रीपूर्ण यात्रा टोलीमा विभिन्न धार्मिक आस्था पृष्ठभूमिबाट गरी करिब ६० जनाको सहभागिता रहेको थियो | जसमा सेवाबाट अवकास प्राप्त Hounarable MP Ruth Cadbury, नगर प्रमुख काउन्सिलर Ajmir Grewal र London Borough of Hounslow को वहांको समकक्षी साथीहरु र Dewachan Buddhist Centre को प्रतिनिधित्व गर्दै मे. उदय बहादुर गुरुङ अनि वहांको धर्म पत्नी श्रीमति विजय लक्ष्मी गुरुङ र अरु विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो |

एकापसको सहअस्तित्वको साथै कसले के गरिरहेछन भन्ने कुरा भित्रै सम्म ज्ञान दिने उक्त शान्ति तथा मैत्रीपूर्ण पदयात्रा वास्तबमा अतिनै ज्ञानमूलक तथा जानकारयुक्त कार्यक्रम थियो | वेलायत मै बनेको सुन्दर कारपेटलाई वेलायत कै व्यापारलाई समेत बलियो टेवा पुग्ने गरी मस्जिद परिसरमा सिंगारिएर बिछ्याएको कारपेट एकदमै सुन्दर, मनमोहक र आकर्षक थियो | पदयात्रा कार्यक्रमको भित्री सन्देस, एकापसमा र हरेक प्राणीहरुमा भाईचारा भावनाको विकास गर्नुको साथै हप्तै भरी चौबिसै घण्टा सबैलाई मस्जिद परिसरमा स्वागत गर्नुको को साथै मान्छे मर्दा पर्दा आर्थिक अवस्था कम्जोर भएकाहरुलाई मृत्यु संस्कार (funeral) मा निशुल्क सेवा प्रदान गर्ने जस्ता कार्यमा मस्जिद सधैं तयार रहेको कुरा बताउनु भयो |

त्यसपछि Faith Group को सम्पूर्ण सदस्यहरु St. Mary र Pope Kyrillos VI Copic Church तर्फ लागियो जहाँ Father Markos ले भब्य स्वागत गर्दै वहाँले आफ्नो संस्था कसरी चलिरहेको छ भन्ने कुरा र Kyrillos VII को बारेमा पनि प्रकाश पार्नु भयो र अन्तमा उपस्थित सबैजनालाई स्वादिस्ट साकाहारी भोजन परिकारले स्वागत गर्नु भयो |

त्यसपछि शान्ति पदयात्रा जलाराम जुपड़ी हिन्दु मन्दिर तर्फ लागियो र त्यहाँ पण्डितको साथै स्वयम् सेवकहरुसंग भेट भयो | पण्डितले जलाराम जुपड़ी मन्दिरको बारेमा प्रकाश पार्नु भयो र साथै मन्दिरको भद्र भलाद्मीहरुको सेवाबाट प्रत्येक प्राणीहरुलाई सुख प्रदान गरेको कुरा पनि प्रकाश पार्नु भयो |

अन्तमा उक्त समुहको सदस्यहरु हाम्रो आफ्नै देवाचन बुद्धिस्ट सेन्टरमा आईपुग्यो | 68 Munster Avenue मा अवस्थित गुम्बामा उपस्थित महिला दिदीबहिनीहरुले उक्त Faith Group सदस्यहरुको गर्मीले प्याक प्याक परेको बेला मिठो चिसो पेय पदार्थले स्वागत गर्दै प्यास मेटाई दिनु भयो |

Dewachan Buddhist Center

सेन्टरको ट्रस्टी/अध्यक्ष श्री उदय बहादुर गुरुङले देवाचन बुद्धिस्ट सेन्टरको तर्फबाट न्यानो स्वागत मन्तब्य राख्दै आफ्नो संस्था भर्खरै स्थापना भएर बामे सर्दै गरेको कुरा बताउनु भयो र देवाचनको अर्थ र यस बुद्धिस्ट सेन्टरको अर्थ, मुल्य मान्यता र यसको सिद्दान्तको बारेमा पनि छोटोमा स्पष्ट पार्दै त्यसले समुदायमा रहेका असहायहरुलाई दिइने गरेको सेवाहरुको वारेमा पनि प्रकाश पार्नु भयो |

जन्म, बिबाह र मृत्यु संस्कार सेवाहरु जसलाई बेलायतको चर्चहरुमा “Hatch, Match र Dispatch” भनेर उल्लेख गरेको पाइन्छ | यस्तै सेवाहरु यस सेन्टरले दिने गरेको कुरा अध्यक्ष गुरुङले खुलासा गर्नु भयो | र यस किसिमको सेवा प्रदान गर्ने क्रममा कुनै सदस्यले मृत्य संस्कार गर्न आर्थिक कम्जोरको

कारणले असक्षम भएमा लामा गुरुले पनि निशुल्क पूजा पाठ गरिदिने र मृतकको लागि शब दहन गर्न प्रत्येक सदस्यले १० पाउण्ड जनही संकलन गरेर सहयोग गर्ने कुरा पनि स्पष्ट पार्नु भयो |

हामीले घर आवास बिहिन असहायहरुलाई २१ अगष्ट २०१६, आइतबार देखि शुरु गर्दै प्रत्येक तीन तीन महिनामा Hot Meal (खाना) वितरण गर्ने र हामीले हाम्रो सदस्यहरुबाट खानाहरु संकलन गरेर खाना भण्डार (Food Bank) मा जम्मा गरी घरवार बिहिन मानिसहरुलाई उपलब्ध गराउने कार्यक्रम रहेको कुरा पनि प्रकाश पार्नु भयो |

ट्रस्टी गुरुङले त्यसपछि vision र अलग अलग Phase अनुसार काम गर्ने लक्ष्यहरुको बारेमा प्रकाश पार्नु भयो जस अनुसार १ मार्च २०१७ मा पहिलो चरणमा उल्लेख भए बमोजिम 68 Munster Avenue बाट नयाँ सम्भावित पूजाआजा गर्न सहज हुने खुला ठाउँमा सरिसकने लक्ष्य रहेको कुरा पनि जानकारी गराउनु भयो |

त्यसपछि लामा गुरु रिन्छेन दोर्जे लिङ्गपाले देवाचन बुद्धिस्ट सेन्टरको वारेमा बिस्तृत रुपमा बताउंदै बुद्धको बारेमा अंग्रेजीमा लेखेको गीत पनि गाएर सुनाउनु भयो जुनचाहिं एकदम सुन्न चाख लाग्दो पनि थियो | लामा रिन्छेनले आफ्नो मन्तब्य दिनु अघि लामा पाल्देनले मन्त्रोच्चारण गराउनु भएको थियो र उपस्थित सबै जनाले वहांको पछि पछि भन्न लगाउनु भएको थियो |

त्यसपछि लामा रिन्छेनले हामीलाई छोटोमा Meditation पनि गराउनु भयो तर 68 Munster Avenue माथि माथि उढेको हवाई जहाजको हल्लाले वाताबरण सहज नभए तापनि मज्जा लिई लिई कार्यक्रम सम्पन्न गर्यौं |

अन्तमा अध्यक्ष गुरुङले उपस्थित सबै जनालाई जस्तै लामा पाल्देन योन्जन तामांग, लामा रिन्छेन दोर्जे लिङ्गपा, शान्ति पदयात्रामा सहभागी सबैजना सदस्यहरु, गुरुद्वाराको सहयोगी कामदारगरु, लामा रिन्छेनको बारीमा टेन्ट राखी गुम्बा तयार पार्नु हुने सहयोगीहरु आदि आदिलाई धन्यवाद दिनुभयो भयो भने अध्यक्षकै प्रत्युत्तरमा Hounslow Friends of Faith की श्रीमति Charanjit Ajit Singh ले पनि उपस्थित सबैजनालाई संस्थाको तर्फबाट धन्यवाद दिनु भयो |

त्यसपछि हामीले सामुहिक फोटोहरु खिच्यौं र खाजा खाएर करीब बेलुका ६:१५ तिर आ-आफ्नो घर तर्फ लाग्यौं |

Hounslow Friends of Faith भन्ने संस्थाले आयोजना गरेको यस किसिमको शान्ति पद यात्राबाट चाहे जोसुकै र जेसुकै धर्ममा आस्था राखे तापनि सबैको विश्वास र प्रयास समस्यमा परेकालाई सहयोग गर्ने र संसारमा शान्ति र सामन्जस्यता कायम गर्न एकले अर्कोलाई आ-आफ्नो पूजा प्रार्थनामा स्वागत गर्ने सन्देस रहेको मूल मर्म यस कार्यक्रमबाट प्राप्त भयो |

अनुबाद:-
नारायण सिंह गुरुङ

देवाचन बुद्धिष्ट सेन्टरको समुदघाटन तथा २५६०औ बुद्ध जयन्ती।

देवाचन बुद्धिष्ट सेन्टरको औपचारिक समुदघाटन कार्यक्रम २१ मई २०१६ शानिबारका दिन भब्यताकासाथ लण्डनमा सु- सम्पन्न भएको छ।शान्तिका अग्रदुत, एशियाका तारा तथा नेपालका राष्ट्रिय बिभूती भगवान गौतम बुद्धको जन्म, बोधिलाभ (बुद्धत्व प्राप्ती) तथा महापरिनिर्वाण भएको पुण्य तिथि बैशाख पूर्णिमा तथा २५६०औं बुद्ध जयन्तीको पावन अवसर पारेर फेल्थाम कम्युनिटि कलेजको स्पोर्टस हल, फेल्थाम, लन्डनमा आयोजित उक्त समुदघाटन कार्यक्रममा बिशाल बुद्ध जयान्ती पुजा पनि आयोजना गरिएको थियो।Dewachan_Inauguration

२५६०औं बुद्ध जयन्ती बिषेस पुजा संचालनका लागि नेपाल बाट बेलायत आउनु भएको नेपाल तामाङ लामा घेदुङ संघका अध्यक्ष एवं साँग्दो पालहरी बौद्ध बिध्यालय पोखरा गुम्बाका प्रमुख लामा श्रद्धेय पाल्देन योनजङ तामाङज्यु र देवाचन बुद्धिष्ट सेन्टरक संरक्षक लामा रिन्छेन दोर्जे लिङ्पा (धरम गुरुङ), लामा दिल बहादुर गुरुङ र लामा काजि गुरुङ लामा गुरुहरुबाट संयुक्त रुपमा देवाचन बुद्धिष्ट सेन्टरको औपचारिक समुदघाटन कार्यक्रम सुरुहुन अगाबै बिषेस पुजा पाठ संपन्न भएको थियो।

देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष श्री उदई बहादुर गुरुङ एमबिईको सभापतित्व र प्रमुख आतिथि संयुक्त अधीराज्य बेलायतका लागि कार्यबाहाक नेपाली राजदूत महामहिम तेज बहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समुदघाटन कार्यक्रममा प्रमुख अतिथि र बिषेस अतिथि हाउन्स्लोका नगर प्रमुख काउन्सिलर निसर मलिकले संयुक्त रुपमा देवाचन बुद्धिष्ट सेन्टर समुदघाटन ब्यानरको तूल लामा गुरुहरुको मंगल मन्त्र वाचन संगै उघारेर औपचारिक समुदघाटन उदघोष गरेपछि अध्यक्ष उदई बहादुर गुरुङ एमबिई, मानानिय रथ क्यडबरि एमपि र गैर आवशिय नेपाली संघ बेलायतका अध्यक्ष मुक्षेत्र गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरि औपचारिक कार्यक्रमको शुभारम्भ गरिएको थियो।

नेपाली समुदयको बाक्लो उपस्थिति रहेको कार्यक्रममा काउन्सिलर बिष्णु बहादुर गुरुङ लगायत हाउन्स्लो वरपरका अन्य धेरैनै काउन्सिलरहरु पनि उपस्थित भएका थिए। यसैगरि कार्यक्रममा लण्डन स्थित केहि बेलायति, हिन्दु, चाईनिज र श्रीलंकन समुदयका संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरु र तमु समाज युकेका अध्यक्ष अर्जुन कुमार गुरुङ, तमु प्ये ल्हु संघ युकेका प्रमुख सल्लाहकार डेम बहादुर गुरुङ, यति नेपाली एसोसिएसनका अध्यक्ष उमेश राज मोक्तान, गोर्खा नेपालीज कम्युनिटि हाउन्स्लोका अध्यक्ष राम कुमार पोमु, गोर्खा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष थम प्रसाद गुरुङ, तनहुँ नेपाली समाज युकेका अध्यक्ष लेख बहादुर गुरुङ लगायत बेलायतका अन्य थुप्रै नेपाली संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरु, संचारकर्मि, पत्रकार र टिलिभिजनकार्मिहरुको उल्लेख्या उपस्थिति रहेको थियो।संस्थाका महासचिब श्रीमती लक्ष्मी गुरुङ र खाध्य संयोजक युवराज गरुङले संचालन गरेको कार्यक्रममा हेल्थ एण्ड सेप्टि बारे संस्थाका उपाध्यक्ष भिम बहादुर गुरुङ एमभिओले जनाकारि गराउनु भएको थियो।Dewachan_inauguration

कार्यक्रममा अध्यक्ष उदई बहादुर गुरुङ एमबिईले स्वागत तथा धन्यबाद मन्तब्य राख्‍नुभएको थियो।मन्तब्यको क्रममा अध्यक्ष गुरुङले सबै अतिथि तथा उपस्थित महानुभावहरुलाई हार्दिक स्वागत गर्दै देवाचन बुद्धिष्ट सेन्टरले धेरै पहिले देखिनै समाजिक सेवा, बौद्ध धर्मा र संस्कार अनुसार बौद्धमार्गि नेपाली समुदयमा जन्म, बिवहा र मृत्य संस्कारको कर्मकण्डामा बिबिध सेवा पुराईरहेकोले २०११मा स्थापना भई संस्थाका संरक्षक तथा प्रमुख लामा लामा रिन्छेन दोर्जे लिङपा (धरम गुरुङ)को सोच, सपना र आकांक्ष अनुरुप मुलत लण्डन बासि सबै बौद्ध मार्गि नेपालीहरुको पहलबाट २० डिसेम्बर २०१५ देखि आफ्नै नेत्रृत्वमा ५० सदस्सीय कार्यसमिति गठन गरि संस्थागत रुपमा समाजिक सेवाको निम्ति अगाढि बढिरहरहेको र बेलायति च्यरिटि कमिसनमा संस्था दर्ता प्रकृय पुरा भइसकेको बताउनु भयो।यसको साथसाथै देवाचन बुद्धिष्ट सेन्टरको भाबि कार्यनिति, बिभिन्न कार्यक्रम तथा गुम्बा निर्माण परियोजना बारेमा पनि अध्यक्ष गुरुङले उपस्थित सबैलाई प्रकाश पार्नु भएको थियो। यसैगरि धन्यबाद मन्तब्यको क्रममा अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थित सबै अमन्त्रित बिसिष्ट आतिथिगण, संघ संस्थाका प्रतिनिधिहरु संस्थाका सबै पदाधिकारिहरु, सल्लाहकारहरु, सदस्यहरु, आमा समुह, युबा समुह, संचारकर्मिहरु धर्मगुरुहरु, दानबिर चन्दादातहरु र प्रतक्ष र अप्रतक्ष रुपमा कार्यक्रमलाई सहयोग गर्नुहुने सबै शुभचिन्तक महानुभवहरुलाई आभार ब्यक्त गर्दै हार्दिक धन्यबाद दिएका थिए।

मन्तब्य राख्‍ने क्रममा प्रमुख अतिथि बेलायतका लागि कार्यबाहक नेपाली राजदूत महामहिम तेज बहादुर क्षेत्री, बिसेष अतिथि हाउन्स्लो नगरका प्रमुख काउन्सिलर निसर मलिक, मानानिय रथ क्यडबरि एमपि, गैर आवशिय नेपाली संघ बेलायतका अध्यक्ष मुक्षेत्र गुरुङ, तमु समाज युकेका अध्यक्ष अर्जुन कुमार गुरुङ लगायत अन्य अतिथि बक्ताहरुले देवाचन बुद्धिष्ट सेन्टरको समुदघाटन कार्यक्रममा सरिक हुन पाउदा खुशि अनुभुत गरेको बताउदै सबैले हार्दिक बधाई ब्यक्त गर्दै संस्थाको उत्तरोउत्तर प्रगतिको निम्ति शुभकामना दिएका थिए।साथै सबैले देवाचन बुद्धिष्ट सेन्टरलाई अ-आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने पनि बताउनु भएको थियो। बोल्ने क्रममा देवाचन बुद्धिष्ट सेन्टरको संम्रक्षक तथा प्रमुख लामा रिन्छेन दोर्जे लिङपाले पनि संस्थाको उदेस्य, भाबि कार्ययोजनाको बरेमा बृस्त्रित जानकारि गरउदै समाज सेवा, बौद्ध शिक्षा र दर्शनलाई जनमानसमा फैलाउन संस्थाको महत्वपुर्ण भूमिका रहने बताउनु भएको थियो।

कार्यक्रममा नेपाल बाट बेलायत आउनुभएको नेपाल तामाङ लामा घेदुङ संघका अध्यक्ष एवं साँग्दो पालहरी बौद्ध बिध्यालय पोखरा गुम्बाका प्रमुख लामा श्रद्धेय पाल्देन योनजङ तामाङज्युले बुद्ध जयन्ती, बुद्धको जिवनी, बुद्धको उपदेश, शिक्षा र दर्शन को बरेमा उपस्थित सबैलाई प्रवचन दिनुभएको थियो। प्रवचन सकिए पछि अतिथि लामागुरु श्रद्धेय पाल्देन योनजङ तामाङज्यु लगायत पुजाका अन्य लामा गुरुज्युहरुबाट उपस्थित अतिथि, भक्तजन तथा सबै महानुभावहरुले अभिषेक तथा प्रसाद ग्रहण गरेका थिए।

निशुल्क प्रवेश, निशुल्क खानापिनको ब्यबस्था गरिएको कार्यक्रममा थुप्रै शुभचिन्तकहरु, सदस्यहरु र भक्तजनहरुले स्वस्फुर्त रुपमा उदारभाव बाट आर्थिक दान, भोजन दान, पेया पदार्थको दान तथा अन्य आवस्यक समाग्रिहरु दान गरि सहयोग गरेका थिए। कार्यक्रमका निम्ति आर्थिक सहयोग संकलनमा सल्लाहकार/ट्रष्टिज चित्र बहादुर गुरुङ, कोषाध्यक्ष चन्द्र बहादुर गुरुङ, सम्रक्षक तथा प्रमुख लामा धरम गुरुङ, हाउन्स्लो नगरका पूर्ब उपमेयार तथा काउन्सिलर बिष्णु गुरुङ र आमा समूहको बिषेस भूमिका रहेको थियो।आर्थिक दान सहयोग गर्नेहरुमा गोर्खा नेपलीज कम्युनिटि हाउन्स्लो र तमु समज युकेका सदस्यहरुको उल्लेख्य सहभागिता थियो।

देवाचन बुद्धिष्ट सेन्टरका मिडिय संम्बाददाता नारायण सिङ गुरुङ र वेबमास्टर मिलन वाग्लेको संयोजनमा बेलायतको नेपाली अनलाईन रेडियो प्रसारण सेवा राहिनोले समुदघाटन कार्यक्रमको प्रतक्ष प्रसारण गरेको थयो।कार्यक्रममा मिडिय कभरेजका निम्ति गोर्खा च्यानल टिभि र युकेका नेपाली संचारकर्मी, पत्रकार, फोटोग्रफर र भिडियोग्रफरहरुको पनि उपस्थिति रहेको थियो।

मध्यन्न १२ बजे आरम्भ गरिएको कार्यक्रम साँझा ६:३० बजे सकिएको थियो।

Dewachan Inauguration
Dewachan Inauguration
Dewachan Inauguration
dewa_news_pic_4
dewa_news_pic_5
dewa_news_pic_6
dewa_news_pic_7
dewa_news_pic_8
dewa_news_pic_9
dewa_news_pic_10

Ut quis dui semper, volutpat enim nec, molestie mi

Vivamus dignissim suscipit ex sed lacinia. Curabitur mollis augue quis ipsum maximus, a pretium mi maximus. Nam imperdiet gravida libero sed gravida. In elit enim, lacinia ac fringilla a, facilisis scelerisque urna. Cras ornare tincidunt aliquet. Fusce eu ex lorem. Quisque auctor non metus ut suscipit.

Aenean et maximus elit. Curabitur egestas neque orci, vel cursus sem cursus non. Nulla sit amet enim eget lectus pretium consequat. Suspendisse at velit molestie est laoreet dictum in pretium sem. Quisque at odio eget ligula malesuada pellentesque. Pellentesque tempus, elit quis consequat viverra, purus justo dapibus libero, at rutrum nisl metus sed nisl. Ut feugiat maximus libero sit amet efficitur.

Enean et laoreet purus. Sed eget massa eu diam lobortis

Morbi eu sagittis urna. Nulla nec scelerisque nulla. Aenean congue mi ac nibh facilisis porta. Nulla facilisi. Nunc sed purus a est tempor fringilla vitae in lorem. Nam condimentum ipsum in sem elementum, sed lobortis dui vestibulum. Praesent porttitor tellus leo, quis volutpat felis finibus non. Donec laoreet, nibh sed ornare elementum, enim massa maximus mi, vel aliquet justo tortor eget tellus. Duis scelerisque nisi ut erat aliquam efficitur. Etiam tristique varius diam non sodales. Proin volutpat lectus ante, ut consequat tellus ornare ut. Integer vel euismod est.

Maecenas condimentum a tellus at dapibus. Phasellus ullamcorper magna ac lorem aliquet, sed hendrerit justo lacinia. Phasellus eget molestie nunc. Curabitur viverra nunc in faucibus elementum. Proin sodales ante et egestas dapibus. Nam scelerisque consequat arcu id volutpat. Cras quis tristique sem.