बार्षिक अन्तर आस्था/धर्म शान्ति तथा मैत्रीपूर्ण पदयात्रा

गत ५ जुन २०१६ मा हाउन्स्लो क्षेत्रमा रहेको बिभिन्न धार्मिक आस्था भएको संघ संस्थाहरुलाई समेट्दै हाउन्स्लो फ्रेन्ड्स अफ फेथ (Hounslow Friends of Faith) नामक संस्थाले एक Annual Inter Faith Walk of Peace and Friendship नामक कार्यक्रमको आयोजना गरेको थियो | देवाचन बुद्धिस्ट सेन्टर समेत संलग्न रहेको उक्त टोलीले हाउन्स्लो तथा हिद्रो क्षेत्रमा रहेको बिभिन्न धार्मिक संस्थाहरु जस्तै Jamia Masjid, St. Mary तथा Pope Kyrillos VI Coptic Church, Jalaram Jupadi Hindu Temple र आफ्नै देवाचन बुद्धिस्ट सेन्टरको पनि अवलोकन गर्यो

यस शान्ति तथा मैत्रीपूर्ण यात्रा टोलीमा विभिन्न धार्मिक आस्था पृष्ठभूमिबाट गरी करिब ६० जनाको सहभागिता रहेको थियो | जसमा सेवाबाट अवकास प्राप्त Hounarable MP Ruth Cadbury, नगर प्रमुख काउन्सिलर Ajmir Grewal र London Borough of Hounslow को वहांको समकक्षी साथीहरु र Dewachan Buddhist Centre को प्रतिनिधित्व गर्दै मे. उदय बहादुर गुरुङ अनि वहांको धर्म पत्नी श्रीमति विजय लक्ष्मी गुरुङ र अरु विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो |

एकापसको सहअस्तित्वको साथै कसले के गरिरहेछन भन्ने कुरा भित्रै सम्म ज्ञान दिने उक्त शान्ति तथा मैत्रीपूर्ण पदयात्रा वास्तबमा अतिनै ज्ञानमूलक तथा जानकारयुक्त कार्यक्रम थियो | वेलायत मै बनेको सुन्दर कारपेटलाई वेलायत कै व्यापारलाई समेत बलियो टेवा पुग्ने गरी मस्जिद परिसरमा सिंगारिएर बिछ्याएको कारपेट एकदमै सुन्दर, मनमोहक र आकर्षक थियो | पदयात्रा कार्यक्रमको भित्री सन्देस, एकापसमा र हरेक प्राणीहरुमा भाईचारा भावनाको विकास गर्नुको साथै हप्तै भरी चौबिसै घण्टा सबैलाई मस्जिद परिसरमा स्वागत गर्नुको को साथै मान्छे मर्दा पर्दा आर्थिक अवस्था कम्जोर भएकाहरुलाई मृत्यु संस्कार (funeral) मा निशुल्क सेवा प्रदान गर्ने जस्ता कार्यमा मस्जिद सधैं तयार रहेको कुरा बताउनु भयो |

त्यसपछि Faith Group को सम्पूर्ण सदस्यहरु St. Mary र Pope Kyrillos VI Copic Church तर्फ लागियो जहाँ Father Markos ले भब्य स्वागत गर्दै वहाँले आफ्नो संस्था कसरी चलिरहेको छ भन्ने कुरा र Kyrillos VII को बारेमा पनि प्रकाश पार्नु भयो र अन्तमा उपस्थित सबैजनालाई स्वादिस्ट साकाहारी भोजन परिकारले स्वागत गर्नु भयो |

त्यसपछि शान्ति पदयात्रा जलाराम जुपड़ी हिन्दु मन्दिर तर्फ लागियो र त्यहाँ पण्डितको साथै स्वयम् सेवकहरुसंग भेट भयो | पण्डितले जलाराम जुपड़ी मन्दिरको बारेमा प्रकाश पार्नु भयो र साथै मन्दिरको भद्र भलाद्मीहरुको सेवाबाट प्रत्येक प्राणीहरुलाई सुख प्रदान गरेको कुरा पनि प्रकाश पार्नु भयो |

अन्तमा उक्त समुहको सदस्यहरु हाम्रो आफ्नै देवाचन बुद्धिस्ट सेन्टरमा आईपुग्यो | 68 Munster Avenue मा अवस्थित गुम्बामा उपस्थित महिला दिदीबहिनीहरुले उक्त Faith Group सदस्यहरुको गर्मीले प्याक प्याक परेको बेला मिठो चिसो पेय पदार्थले स्वागत गर्दै प्यास मेटाई दिनु भयो |

Dewachan Buddhist Center

सेन्टरको ट्रस्टी/अध्यक्ष श्री उदय बहादुर गुरुङले देवाचन बुद्धिस्ट सेन्टरको तर्फबाट न्यानो स्वागत मन्तब्य राख्दै आफ्नो संस्था भर्खरै स्थापना भएर बामे सर्दै गरेको कुरा बताउनु भयो र देवाचनको अर्थ र यस बुद्धिस्ट सेन्टरको अर्थ, मुल्य मान्यता र यसको सिद्दान्तको बारेमा पनि छोटोमा स्पष्ट पार्दै त्यसले समुदायमा रहेका असहायहरुलाई दिइने गरेको सेवाहरुको वारेमा पनि प्रकाश पार्नु भयो |

जन्म, बिबाह र मृत्यु संस्कार सेवाहरु जसलाई बेलायतको चर्चहरुमा “Hatch, Match र Dispatch” भनेर उल्लेख गरेको पाइन्छ | यस्तै सेवाहरु यस सेन्टरले दिने गरेको कुरा अध्यक्ष गुरुङले खुलासा गर्नु भयो | र यस किसिमको सेवा प्रदान गर्ने क्रममा कुनै सदस्यले मृत्य संस्कार गर्न आर्थिक कम्जोरको

कारणले असक्षम भएमा लामा गुरुले पनि निशुल्क पूजा पाठ गरिदिने र मृतकको लागि शब दहन गर्न प्रत्येक सदस्यले १० पाउण्ड जनही संकलन गरेर सहयोग गर्ने कुरा पनि स्पष्ट पार्नु भयो |

हामीले घर आवास बिहिन असहायहरुलाई २१ अगष्ट २०१६, आइतबार देखि शुरु गर्दै प्रत्येक तीन तीन महिनामा Hot Meal (खाना) वितरण गर्ने र हामीले हाम्रो सदस्यहरुबाट खानाहरु संकलन गरेर खाना भण्डार (Food Bank) मा जम्मा गरी घरवार बिहिन मानिसहरुलाई उपलब्ध गराउने कार्यक्रम रहेको कुरा पनि प्रकाश पार्नु भयो |

ट्रस्टी गुरुङले त्यसपछि vision र अलग अलग Phase अनुसार काम गर्ने लक्ष्यहरुको बारेमा प्रकाश पार्नु भयो जस अनुसार १ मार्च २०१७ मा पहिलो चरणमा उल्लेख भए बमोजिम 68 Munster Avenue बाट नयाँ सम्भावित पूजाआजा गर्न सहज हुने खुला ठाउँमा सरिसकने लक्ष्य रहेको कुरा पनि जानकारी गराउनु भयो |

त्यसपछि लामा गुरु रिन्छेन दोर्जे लिङ्गपाले देवाचन बुद्धिस्ट सेन्टरको वारेमा बिस्तृत रुपमा बताउंदै बुद्धको बारेमा अंग्रेजीमा लेखेको गीत पनि गाएर सुनाउनु भयो जुनचाहिं एकदम सुन्न चाख लाग्दो पनि थियो | लामा रिन्छेनले आफ्नो मन्तब्य दिनु अघि लामा पाल्देनले मन्त्रोच्चारण गराउनु भएको थियो र उपस्थित सबै जनाले वहांको पछि पछि भन्न लगाउनु भएको थियो |

त्यसपछि लामा रिन्छेनले हामीलाई छोटोमा Meditation पनि गराउनु भयो तर 68 Munster Avenue माथि माथि उढेको हवाई जहाजको हल्लाले वाताबरण सहज नभए तापनि मज्जा लिई लिई कार्यक्रम सम्पन्न गर्यौं |

अन्तमा अध्यक्ष गुरुङले उपस्थित सबै जनालाई जस्तै लामा पाल्देन योन्जन तामांग, लामा रिन्छेन दोर्जे लिङ्गपा, शान्ति पदयात्रामा सहभागी सबैजना सदस्यहरु, गुरुद्वाराको सहयोगी कामदारगरु, लामा रिन्छेनको बारीमा टेन्ट राखी गुम्बा तयार पार्नु हुने सहयोगीहरु आदि आदिलाई धन्यवाद दिनुभयो भयो भने अध्यक्षकै प्रत्युत्तरमा Hounslow Friends of Faith की श्रीमति Charanjit Ajit Singh ले पनि उपस्थित सबैजनालाई संस्थाको तर्फबाट धन्यवाद दिनु भयो |

त्यसपछि हामीले सामुहिक फोटोहरु खिच्यौं र खाजा खाएर करीब बेलुका ६:१५ तिर आ-आफ्नो घर तर्फ लाग्यौं |

Hounslow Friends of Faith भन्ने संस्थाले आयोजना गरेको यस किसिमको शान्ति पद यात्राबाट चाहे जोसुकै र जेसुकै धर्ममा आस्था राखे तापनि सबैको विश्वास र प्रयास समस्यमा परेकालाई सहयोग गर्ने र संसारमा शान्ति र सामन्जस्यता कायम गर्न एकले अर्कोलाई आ-आफ्नो पूजा प्रार्थनामा स्वागत गर्ने सन्देस रहेको मूल मर्म यस कार्यक्रमबाट प्राप्त भयो |

अनुबाद:-
नारायण सिंह गुरुङ

About the author: Dewachan