लामा पाल्देनको बिदाई

देवाचन बुद्धिस्ट सेन्टरद्वारा लामा पाल्देनको बिदाई

देवाचन बुद्धिस्ट सेन्टर हाउन्स्लोले गत शनिवार साँझ अर्थात २४ सेप्टेम्बर २०१६ मा हाउन्स्लो स्थित मामा रेस्टुराँमा एक भब्य रात्री भोजको आयोजना गरी लामा गुरु पाल्देन योन्जन तामांगको बिदाई गरेको छ | उक्त बिदाई कार्यक्रममा करीब ६० जनाको सहभागिता रहेको थियो | सहभागी सदस्यहरुमा आफ्नै सेन्टरका कार्यकारी सदस्यहरु तथा ट्रस्टीहरु, सेन्टर अन्तर्गत अस्तित्वमा रहेको आमा समुहका सदस्यहरु, देवाचन बुद्धिस्ट सेन्टरका सल्लाहकार द्वय श्री चित्र बहादुर गुरुङ र शिब सरन गुरुङ, हाउन्स्लो बोरो अफ लन्डनका नगर प्रमुख Mayor Mrs. Ajmer Grewal र वहाँकी श्रीमान, उक्त बोरो कै (सूचना अधिकृत) Information Officer Ms. Bessy White, काउन्सिलरहरु Mr. Khalid Mallik र Bishnu Gurung, हाउन्स्लो तथा हिथ्रो क्षेत्रका बिभिन्न आस्था तथा धर्मलाई समेट्ने एउटा Friends of Fainth भन्ने संस्थाका अध्यक्ष Mrs. Charanjit Ajit Singh र वहांकी श्रीमान र अन्य सदस्यहरु थिए |

लामा पाल्देन सान्दो पालाहरी बौद्ध बिद्यालय, पोखरा, गुम्बाको प्रमुख लामा हुनुहुन्छ | वहाँ गत १४ मे २०१६ मा नेपाल स्थित् घान्द्रुक र हाल बेलायत स्थित टन ब्रिजमा बसोबास गर्दै आउनु भएको श्री ईमान गुरुङ र वहाँको परिवारको निमंत्रना तथा अन्य आर्थिक, भौतिक सहयोगमा केन्ट निवासी श्री धन बहादुर गुरुङ र वहाको धर्मपत्नी श्रीमति प्रतिमा गुरुङको स्पोंसोरशीपमा (Sponsorship) छ महिने भिजिट भिसामा यू. के. मा आउनु भएको थियो | वहाँ देवाचन बुद्धिस्ट सेन्टर, हाउन्स्लोको प्रमुख लामा रिन्छेन दोर्जे लिँपाको पनि गुरु लामा हुनु भएको नाताले देवाचन बुद्धिस्ट सेन्टर द्वारा गत २१ मे २०१६ मा आयोजित २५६० औँ बुद्ध जयन्ती कार्यक्रममा निमंत्रना गर्दा सो को स्वीकार गर्नु भई उक्त कार्यक्रमको पूजामा प्रमुख लामाको हैसियतले सरिक हुनु भयो र त्यसको साथै यस सेन्टरद्वारा संचालित विभिन्न कार्यक्रमहरु जस्तै आमा समुहलाई न्यूनी ब्रत, गत ५ जुन २०१६ मा Friends of Faith भन्ने संस्थाद्वारा आयोजित Walk of Peace and Friendship भन्ने कार्यक्रममा पनि देवाचन बुद्धिस्ट सेन्टरको प्रतिनिधित्व गर्दै स्वागत कार्यक्रममा सरिक हुनु भयो | त्यस्तै गरी वहाँले देवाचन बुद्धिस्ट सेन्टरको कामहरुबाट प्रभावित भई यस सेन्टरको नीति नियम तथा बिधि बिधानको पालना गर्दै आजीवन सदस्यता समेत लिनु भएको छ |

लामा पाल्देनले बुद्ध धर्मलाई अतिनै सरल र सहज तरिकाले ज्ञान दिने कामबाट प्रभावित हुँदै बिभिन्न संघ संस्था तथा व्यक्तित्वहरुबाट मायाको चिनु (Token of Love and Appreciation) स्वरूप प्रशंसा पत्रहरु प्रदान गरेका थिए जसमा देवाचन बुद्धिस्ट सेन्टरबाट प्रशंसा पत्र, देवाचन बुद्धिस्ट सेन्टर आमा समूहबाट सुनको औंठी उपहार, Friends of Faith को अध्यक्ष श्रीमति Charanjit Ajit Singh बाट प्रशंसा पत्र, माननीय एम पी (MP) द्वय Ruth Cadbury र Seema Malhotra ले व्यस्तताको कारण उपस्थित हुन असमर्थ भएकोमा Councillor Mr. Khalid Mallik मार्फत क्षमा याचना गर्दै प्रशंसा पत्र, हाउन्स्लो बोरो अफ लन्डनका नगर प्रमुख (Mayor) Mrs. Ajmer Grewal र वहांको श्रीमानबाट प्रशंसा पत्र प्रदान गरेका थिए |

अनौपचारिक रुपमै भएपनि कार्यक्रमलाई यस सेन्टरका महासचिब श्रीमति लक्ष्मी गुरुङले संचालन गरेका थिए भने संस्थाका अध्यक्ष ट्रस्टी श्री मे. एम बी ए उदय बहादुर गुरुङ, Friends of Faith का अध्यक्ष श्रीमति Charanjit Ajit Singh, Councillor Mr. Khalid Mallik, Mayor Mrs Ajmer Grewal, आमा समूहको अध्यक्ष श्रीमति हस्तमाया गुरुङ र लामा गुरु पाल्देन योन्जन तामांग आफैं सबैले छोटोमा धन्यबाद मन्तब्य राखेका थिए र अंग्रेजी र नेपाली बुझ्ने दुइ थरिको सहभागीहरु भएकोले संस्थाका अध्यक्ष श्री उदय बहादुर गुरुङले आफैले नेपाली र अंग्रेजी गरी दुई वटै भाषामा मन्तब्य राखेका थियो भने प्रमुख अतिथी श्री पाल्देन लामाको मन्तब्यलाई महासचिब लक्ष्मी गुरुङले अंग्रेजीमा अनुबाद गरेर ब्यक्त गरेका थिए |

नारायण सिंह गुरुङ

About the author: Dewachan